बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु, ७ जना घाइते
टुडेपाटी-
बारा, असार १८ गते ।
बिहीबार बिहान पानीसँगै परेको चट्याङले गर्दा बारामा चट्याङ लागेर चारजना महिलाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिकाका दुईजना र कलैया उपमहानगरपालिकाका दुईजना गरी चारजना महिलाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
फेटा गाउँपालिका १ त्रिवेनी बस्ने ३० वर्षीया सिन्दु देवी, ४० वर्षीया सुनरपती देवी तथा कलैया उपमहानगरपालिका शितलपुरका ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवि महतोको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
मृतक चारैजना महिला बिहान ७ बजे धान रोपाइँका लागि खेतमा गएको बेला चट्याङ लागेर मृत्यु भएको उपरीक्षक मिश्रले बताए ।
यस्तै मृतक महिलाहरुसँगै खेतमा गएका सात जना पुरुष घाइते भएका छन् । घाइतेकाे नाम अहिले सम्म खुल्न सकेको छैन।
Sponsored
उनीहरुलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । घाइतेमध्ये एकजनाकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।