TodayPati

पुर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने विप्लब नेता विजय पक्राउ

टुडेपाटी-

काठमाडौँ, असार १७ गते ।

पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका जिल्ला इन्चार्जलाई प्रक्राउ गरेको छ ।

Sponsored

पक्राउ पर्नेमा विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शाहीलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ ।

अनुसन्धानको क्रममा उनलाई पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले जानकारी दिए ।
प्रतिबन्धित विप्लव समूहले भने उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा झुठा मुद्दा लगाइएको दाबी गरेको छ ।

यसअघि २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै चार जना पक्राउ परेका थिए ।

Sponsored

तीमध्ये एक जना संलग्नता पुष्टि नभएपछि छुटेका छन् भने तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *