नेपालमा थप ७९ जनामा कोरोना पुष्टि
टुडेपाटी-
जनकपुरधाम, असार १७ गते ।
नेपालमा बुधबार थप ७९ जनामा काेरोना संक्रमण पुष्टि भएकाे छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएका हुन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विहान विज्ञप्ती निकालेर थप २८ जनामा कोरानो संक्रमित भेटिएको हो । नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना स्याङ्जाका आठ जना, बाग्लुङका ३ जना र तनहुँका एक जना रहेको निर्देशनालयले जनाएको छ योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगको छ ।
यसै गरी चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जना र झापाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर महानगरपालिकाका ११ र माडीका दुई जना रहेको भरतपुर अस्पतालले जनाएकाे छ ।
त्यसैगरी गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रादेशिक प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मी दरबार गाउँपालिकामा २१ जना र रूरूक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
Sponsored
योसँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ६४३ पुगेको छ ।
संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका छन् । जिल्लामा संक्रमित ३ सय २४ जना पुगेका छन् भने ४२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।