संकटमा प्रधानमन्त्री ओली : देशमा सेना परिचालन गर्ने कि पार्टी फुटाउने ?
टुडेपाटी-
काठमाडौँ, असार १७ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले प्रधामन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी जोगाउन आफ्ना निकटका नेताहरुसँग तिब्र छलफलमा जुटेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नरायणकाजी श्रेष्ठ लगागतका शिर्ष नेताहरुले मंगलवार स्थायी कमिटीको बैठकमा राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले कुर्सी जोगाउन अनेकौ उपायको खोजीमा लागेका हुन् ।
त्यसका लागि उनले बुधबार एकाबिहानै केही मन्त्री र आफु निकटका स्थायी समिति सदस्यहरु बालुवाटार बोलाएर छलफल गरेका हुन् । त्यसक्रममा उनले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा बपरामर्श गरेको बुझिएको छ ।
मन्त्रिपरिषद बैठक बोलाएको हो भन्ने प्रश्नमा एक मन्त्रीले मन्त्रिपरिषद नभएर मन्त्री र केही नेताहरुलाई अनौपचारिक छलफल भनेर बोलाएको जानकारी दिए । ‘अनौपचारिक छलफल हो, मन्त्रिपरिषद बैठक होइन,’ ती मन्त्रीले रातोपाटीसँग भने ।
Sponsored
मंगलबारको स्थायी समिति बैठका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका १७ जना नेताहरुले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए । पार्टी बैठकमा चर्को आलोचनासहित राजीनामा मागिएपछि खाना खान भनेर निस्केका ओली मंगलबारको बैठकमा पुनः फर्केनन् ।
बैठकबाट निस्केपछि ओलीले मुख्यसचिवलाई राष्ट्रपति कार्यालय पठाएका थिए । त्यसपछि पनि उनले आफु निकटका व्यापारी व्यवसायीहरुसँग बेलुुका अबेरसम्म छलफल गरेका थिए ।
जानकारहरुका अनुसार ओलीसँग् तीन विकल्प छन् ।
निकटहरुसँग परामर्श गर्दा समेत उनले तीनवटा विकल्पमा छलफल गरेको बुझिएको छ । पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफु पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने । यी मध्ये कुन विकल्प रोज्छन् त्यो भने ओलीकै विवेकमा भर पर्ने नेताहरुको भनाइ छ ।
मंगलबारको बैठकमा नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरेको विषय र ओलीको राजीनामाको विषयमा छलफल भएपनि कुनै निर्णय भएको छैन ।
सम्भवतः आज ११ बजे पछि बस्ने बैठकमा केही स्थायी समिति बैठकले धारणा राखेपछि ति दुवै विषयमा निर्णय हुने नेताहरुको भनाइ छ । तर त्यसमा ओलीको जवाफ कस्तो आउछ भन्नेमा भर पर्नेछ ।