सप्तरीको २ सय विघा धान खेत डुबानमा
टुडेपाटी-
सप्तरी, असार १६ गते ।
सप्तरीमा रोपिएको करिब २ सय विघा धान खेतलाई अविरल वर्षाले डुबानमा पारेको छ ।
सप्तरीको दक्षिणी भेगको करिब २ सय विघामा रोपएको धान खेत लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीमा लगाइएको धानखेती डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले जानकारी दिए ।
सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । सोमध्ये ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ ।