TodayPati

सर्लाही झडपविरुद्ध नेकपाले सबै पालिकामा प्रदर्शन गर्ने

टुडेपाटी-
सर्लाही, असार १६ गते ।

सर्लाहीको धनकौलमा नेकपा र नेपाली कांगे्रस कार्याकर्ताबीच भएको झडपविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबानर जिल्लाका सबै स्थानीय तहमा प्रदर्शन गर्ने भएको छ ।

आइतबार साँझ धनकौल गाउँपालिका वडा नम्बर २ र ३ का सीमानामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन प्रहरीसहित २१ जना घाइते भएका छन् ।

Sponsored

यो घटना कांग्रेसको अराजकता र गुण्डागर्दीको उपज भएको नेकपा सर्लाही जिल्ला कमिटीले आरोप लगाएका हुन् ।

सोही घटनाविरुद्ध आज जिल्लाका सबै २० वटै स्थानीय तहमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिने नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए ।

‘यो नेपाली कांग्रेसको अराजकताको पराकाष्ठा हो,’ अध्यक्ष पन्तले भने, ‘यस्ता बर्बरताविरुद्ध हामी कडा आन्दोलनमा उत्रन लागेका हौं ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *