रौतहटका कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु, मृतकको संख्या २९ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।
कोरोना भाइरस संक्रमित रौहटका एजना पुरुषको मृत्यु भएको छ ।
ललितपुरको स्टार अस्पतालमा उपचाररत् २९ वर्षीय युवकको गएराति मृत्यु भएको हो ।
कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए । उनी दमको रोगी रहेको बताइएको छ ।
उनलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
Sponsored