रौतहटमा १४ जना कर्मचारी कोरोना संक्रमित भएपछि २ नगरपालिका सिल
टुडेपाटी-
रौतहट, असार १५ गते ।
रौतहटको दुई स्थानीय तह सिल गरेको छ । स्थानीय प्रशासनले रौतहटका बौधिमाई नगरपालिका र ईशनाथ नगरपालिका सिल गरेको हो ।
बौधिमाई नगरपालिकाका दुई वडाध्यक्ष र दुईजना कार्यपालिका सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि आइतबारदेखि अर्को निर्णय नहुन्जेलसम्म सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
सिल गरिएका नगरपालिकाहरुका नागरिकलाई नगरपालिकाबाट वाहिर जान वा बाहिरबाट आउन नपाउने गरि रोक लगाइएको छ । बौधिमाई नगरपालिकाको केही कर्मचारीमा संक्रमण देखिएकाले नगरपालिकाको अत्यावश्यक अन्तरिक कार्यबाहेक सम्पूर्ण सेवाहरु समेत बन्द गरेको छ । यस्तै बौधिमाई नगरपालिका वडा नम्बर ७ र ८ को कार्यालय पनि बन्द गर्न प्रशासनले आदेश दिएको छ ।
जनप्रतिनिधिसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र सात कर्मचारी गरी कुल १४ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गौरका प्रमुख महेश साहले बताए ।
Sponsored