TodayPati

महोत्तरीबाट अवैध १८ लाख रुपैयाँसहित तीनजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।

महोत्तरीबाट अवैध १८ लाख रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वरबाट सम्सी तर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको जलेश्वर नगरपालिका २ का १९ वर्षीय रोहितकुमार साहलाई ९ लाख, सोही मोटरसाइकलको पछाडि सवार रहेका २७ वर्षीय जयकुमार साहलाई ५ लाख ५० हजार र प्र(२–०३–००३प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय सञ्जयकुमार साहलाई ३ लाख ५० हजार रुपैया गरी कुल १८ लाख रुपैया सहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

महोत्तरीको मनरासिस्वा नगरपालिका २ भलुई चोकस्थितबाट तीनै जनालाई उक्त रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

Sponsored

शनिवार प्रदेश प्रहरीबाट खटेको प्रहर िटोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई रुपैयाँ र सवारी साधनसहित नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *