TodayPati

वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत थप २१ जना कोरोना मुक्त

टुडेपाटी-
वीरगञ्ज, असार १४ गते ।

वीरगञ्जस्थित गण्डक अस्पतालबाट थप २१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

आइतबार नारायणी अस्पतालको स्वामित्वमा रहेको अस्थायी कोरोना विशेष अस्पताल गण्डक अस्पतालबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएको अस्पताल प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

संक्रमित भई उपचार गराइरहेका उनीहरुको लागातार दुई वटा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकोले अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको सिंहले बताए। निको भएर घर फर्किनेमा तीन जना महिला र १८ जना पुरुषहरु रहेको उनले बताए ।

Sponsored

कोरोनालाई जितेर घर फर्किनेहरुमा पर्साको बिन्दबासिनी गाउँपालिकाका १० जना,पटेर्वा सुगौली गाउँपालिकाका दुई,पोखरिया नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकाका जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी र धोबिनीका एकरएक जना रहेका छन् ।

आइतबार अस्पतालबाट २१ जना डिस्चार्ज भएसँगै अब कोरोना विशेष अस्थायी गण्डक अस्पतालमा ६ जना मात्रै कोरोना संक्रमित रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *