TodayPati

आज देशैभर वर्षा हुने, प्रदेश २ सहित ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।

देशैभर लगातार तीन दिनदेखि भइरहेको वर्षा आइतबार पनि देशैभर हुने र विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

अहिले बिहान पनि देशभरका केही स्थानमा वर्षा भई नै रहेको छ भने दिउँसो धेरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sponsored

मौसमविद् राजु प्रधानांगका अनुसार प्रदेश नम्बर १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का एक–दुई स्थानमा ठूलो पानी (भारी वर्षा) पर्ने सम्भावना रहेको हो ।

यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने र प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

बुलेटिनअनुसार अझै तीन दिन वर्षा रोकिने छैन । मंगलबारसम्मै देशभर हल्कादेखि भारीसम्म वर्षा जारी रहनेछ ।

Sponsored

वर्षाका कारण बाढीपहिरो, डुबान हुने तथा यात्रामा अवरोध आउन सक्ने भन्दै केही दिनदेखि महाशाखाले २४ घण्टे चेतावनी जारी गरिरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *