TodayPati

कोरोनाको रिपोर्टमा ढिलाई भएपछि धनुषाको सबैला क्वारेन्टिनमा बस्नेहरु आन्दोलित

टुडेपाटी-

जनकपुरधाम, असार १३ गते ।

कोरोना संक्रमण परिक्षणको पिसिआर रिपोर्टमा ढिलाइ भएको भन्दै धनुषाको सबैला नगरपालिकामा क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन् ।

Sponsored

लामो समयसम्म स्वाब टेष्टको रिपोर्ट नआएको भन्दै ठिल्लास्थित सरस्वती माविको क्वारेन्टिनमा बसेकाहरु सडक जाम गरी आन्दोलनमा उत्रेका हुन् ।

शनिवार दिउँसो उनीहरुले नगरप्रमुख विजय शंकर साह विरुद्ध नाराबाजी गरेका थिए । क्वारेन्टिनमा आफूहरुलाई खाना, बस्ने सुविधा समेत नदिएको भन्दै आजित भएर आन्दोलन गर्न बाध्य भएको क्वारेन्टाइनमा बस्ने एक युवकले नाम नखोल्ने शर्तमा बताए ।

उनीहरुले क्वारेन्टाइनमा आएको एक महिना वितिसक्दा पनि नगरपालिकाका जनप्रतिनीधिले चेकजाँच सहित क्वारेन्टाइन व्यवस्थापनको लागि कुनै चासो नलिएको भन्दै आन्दोलनमा उत्रेका छन् ।
सडक जाम गरेपछि केही बेरमा ईलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरीको टोली त्यहाँ पुगेर सडक खोलाएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *