प्रदेश सञ्चार विधेयक प्रदेशसभामा सर्वसम्मत पारित
टुडेपाटी-
जनकपुरधाम, असार १३ गते ।
प्रदेश सञ्चार विधेयक प्रदेश २ मा सर्वसम्मत पारित भएको छ । झण्डै दुई वर्ष अघि प्रस्तुत भएको विधेयक प्रदेश सभाबाट शनिबार पारित भएको हो ।
प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको सञ्चार विधेयकमाथि संचारकर्मीहरुले विरोध जनाएपछि केही दफामा संशोधन गर्दै संचार विधेयकलाई पारित गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
प्रदेश सरकारले शुरुमा ल्याएको विधेयकमा गलत सूचना प्रवाह गर्ने संचारमाध्यम तथा संचारकर्मीलाई ५० लाखदेखि १ करोडसम्म जरिवाना गर्ने प्रावधान समेटिएको थियो ।
उक्त व्यवस्थाको चौतर्फी विरोध भएपछि केही धारामा संशोधन तथा केही धाराहरु नै हटाइएको कानूनमन्त्री यादवले बताए ।
Sponsored
विधेयकबाट ५० लाखदेखि १ करोडसम्म जरिवानाको व्यवस्थालाई हटाएर १० देखि २० हजारसम्म जरिवाना कायम गरिएको हो ।