प्रादेशिक अस्पताल जनकपुरमा पहिलो पटक सेन्चुरी बैंकको एटीएम सेवा सञ्चालनमा
टुडेपाटी-
जनकपुरधाम, फागुन २ गते ।
प्रदेश २ को प्रादेशि अस्पताल जनकपुरमा पहिलो पटक एटीएम सेवा संचालनमा आएको छ । सेन्चुरी कमर्सियल बैंकले प्रादेशिक अस्पताल जनकपुरमा पहिलो पटक एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
शुक्रबार बिहान एक कार्यक्रम बिच एटीएम सेवाको उदघाटन गरिएको हो । सेञ्चुरी कमर्सियल बैंकका जनकपुर शाखा प्रवन्धक नविन झाको अध्यक्षता तथा सेञ्चुरी बैंककै क्षेत्रीय प्रमुख सौरभ चौधरीको प्रमुख आतिथ्यमा एटीएम सेवाको उदघाटन गरिएको छ ।
सो अवसरमा प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. नागेन्द्र यादव, प्रादेशि अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह, उद्योग बाणिज्य संघ जनकपुरका अध्यक्ष ललित साह लगायत बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बिरामी एवं कुरुवाहरुलाई रकम झिक्न सहज होस् भन्ने उद्देश्यले प्रादेशिक अस्पतालमै एटीएम सेवा सञ्चालनमा ल्याएको सेञ्चुरी बैंकका जनकपुरका प्रबन्धक नविन झाले बताए ।
Sponsored