TodayPati

लकडाउनमा नक्कली पास बिक्री गर्ने २ जना सिरहाबाट पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार ११ गते ।

सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनमा नक्कली पास बिक्री वितरण गर्ने दुईजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका १ मा रहेको मेरो साईबर एण्ड ट्राभल्समा खान तलासी गर्दा वडा नम्बर ८ का साइबर सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतो छन् ।

लकडाउनको समयमा प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास किर्ते बनाई बिक्री वितरण गरेको भन्दै २ जनालाई प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एकथान, ब्रदर्शको प्रिन्टर एक थान, ब्रदर्शको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एकथानसहित नियन्त्रणमा लिएर दुवैजनामाथि लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *