TodayPati

विश्वभर अक्सिजनको अभाव भएको डब्लुएचओको चेतावनी

टुडेपाटी-
जनकपुरधाम, असार ११ गते ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरमा कोरोना संक्रमितको संख्या एक करोड हाराहारीमा पुग्न लाग्दा अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेशिन) अभाव भइरहेको जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेससले एक पत्रकार सम्मेलनका क्रममा भने, ‘केही देश अब अक्सिजन कन्स्ट्रेटर मेशिनको अभावको सामना गरिरहेका छन् । यो समयमा यो मेशिनको माग आपूर्तिभन्दा बढी भएको छ ।’

Sponsored

उनले अहिलेसम्म विश्वमा करिब ९५ लाख मानिस संक्रमित भइसकेको र ४ लाख ८४ हजारभन्दा बढीको मृत्यु भइरहेको भन्दै हरेक सातामा १० लाख संक्रमित भइरहेको बताएका छन् ।

उनले संक्रमितको संख्या बढ्दोमात्रामा रहेका कारण प्रतिदिन ८८ हजारभन्दा बढी अक्सिजन सिलिन्डर र ६ लाख २० हजार क्युबिक मिटर अक्सिजन आवश्यक परिरहेको जानकारी दिए ।

उनले संक्रमितको संख्यामा अचानक वृद्धि भएका कारण अक्सिजन कन्स्ट्रेटरको कमी भइरहेको बताए ।

Sponsored

उनले भने, ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) अहिलेसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर किनेको छ र आगामी साता १२० देशमा पठाउने योजना छ । अझै १० करोड डलरको मेशिन किन्ने तयारीमा छौं ।’

विश्व स्वास्थ्य संगठनका आपतकालीन टिमका प्रमुख डा. माइक रियानले केही ल्याटिन अमेरिकी देशमा अझै कोरोना कहर बढ्ने र मृत्यु हुनेको संख्या अझै थपिने बताएका छन् ।

उनले कतिपय देशमा पछिल्लो एक सातामा २५ देखि ५० प्रतिशतसम्म बिरामी बढेको जानकारी दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *