TodayPati

कोरोनाबाट थप एकजनाको मृत्यु, मृतक संख्या २५ पुगे

टडेपाटी-
पोखरा, असार ११ गते ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । बुधबार राती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको मृत्यु भएको हो ।

प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा। अर्जुन आचार्यका अनुसार गत असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो । ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ ।

Sponsored

कोरोना पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन् । यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *