TodayPati

रुकुम हत्याकाण्ड : वडाध्यक्षसहित २३ जना जेल चलान

टुडेपाटी-

रुकुम, असार १० गते ।

पश्चिम् रुकुम चौरजहारी हत्या काण्डमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डका प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रुकुमले बुधबार चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई थुनामा राख्ने आदेश दिएको हो ।

Sponsored

अदालतले ५४ रुकुम पश्चिम ३६ (२)  (परिवर्तित नाम) लाई भने एक लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न आदेश दिएको छ ।

अदालतले यसअघि १७ वर्षीया किशोरी र उनका भाइलाई नाबालक भएको हुँदा सुधार गृहमा पठाउन आदेश दिएको थियो । १० जेठमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कतव्र्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो । ३४ मध्ये ५ जना अझै फरार छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *