पीपरा गाउँपालिकाको बजेट ४७ करोड, दाइजो निरुत्साहित गर्न सामुहिक विवाह योजना
टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।
महोत्तरीको पीपरा गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ४७ करोडको बजेट विनियोजन गरेको छ । बुधबार भएको छैठौं गाउँसभामा ४७ करोड २१ लाख ५८ हजार ६ सय रुपैयाँको बजेट प्रस्ताव गरेको प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले जानकारी दिए ।
उनका अनुसार ससर्त अनुदान र गाउँपालिकाका चाल आ.वको आम्दानी समेत जोडेर बजेट विनियोजन गर्नु पर्ने भएकाले चालु र पुजिँगत बजेट छुट्याउन बाँकी रहेको छ ।
प्रायः पालिकाहरुमा विवादबिच गाउँ तथा नगरसभा भइरहेको बेला पीपरा गाउँपालिकामा भने सौहार्दपूर्ण वातावराणमा गाउँसभा भएको हो । गाउँपालिकाले प्रत्यके वडामा समान रुपले १ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका प्रमुख चौधरीले बताए ।
नगरसभामा पीपरा गाउँपालिकाले दाइँजो न्युनिकरणको लागि गाउँपालिका अध्यक्ष कन्यादान योजना पृथक नीति तथा कार्यक्रम ल्याएको छ । जस अन्तर्गत दाँइजोको कारण आफ्नो छोरीको विवाह गर्न नसक्नेहरुलाई गाउँपालिकबाटै सामुहिक विवाहको कार्यक्रम राखेर छोरीहरुको विवाह गरिदिने गाउँपालिका प्रमुख बिक्रम चौधरीले बताए । यस्तै अगामी आ.व. २०७७।०७७ को बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजना गरेको प्रमुख चौधरीको भनाइ छ ।
विदेशबाट फर्केर आउने युवाहरुलाई गाउँमै कृषि क्षेत्रमा चक्लाबन्दी खोती तथा बाँझो जग्गालाई खनजोत गरी कृषिकार्यमा लागउन कृषि आधुनिकीकरण योजना ल्याएको उनले बताए ।
Sponsored