TodayPati

झाडापखालाको उपचार नपाएपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा सदाको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, असार १० गते ।

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा राखिएका एक किशोरको सोमबार राति ज्यान गएको छ ।

Sponsored

कोरोना लागेको आशंका प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही बस्ने १५ वर्षीय राजु सदाको मृत्यु भएको हो । सदाको मृत्यू भएपछि उनका परिवारजनले अनुसन्धानको माग गरेको छ ।

भारतबाट आएर हंसपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सदालाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोना नभइ अन्य रोगबाट ग्रसित भएका सदालाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो तर अस्पतालमा कोरोनाको आशंका गर्दै बेवास्ता गरेपछि उनको मृत्यू भएको हो ।

सदाको मृत्यु झाडापखालाको कारण भएको मृतककी आमा निलम देवी सदाले बताइन् । भारतको मदरासमा मजुदुरी गर्दै आएका सदा कोरोनाको कारण लकडाउन भएपछि बेरोजगार भएपछि भारत स्वदेश फर्केका थिए ।

Sponsored

भारतबाट आएपछि जेठ १४ गते सदालाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा आएदेखिनै सदालाई झाडापखाला लागेपनि समयमा कसैले वास्ता गरेका थिएन् ।

सदाको क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि जेठ २८ गते प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । झाडापखालको समेत ग्रसित रहेका सदालाई अस्पतालमा पिसीआर टेस्टको लागि स्वाब संकलन भयो तर रिपोर्ट आउनमा ढिलो भयो ।

रिपोर्ट नआएकोले उपचार नभएको र लामो समयसम्म झाडापखाला रहेकोले शरीर कमजोर हुँदै गएको र अस्पतालकै लापरवाहीको कारण मृत्यु भएको सदाका आमा निलमदेवीले दाबी गरिन् ।

हंसपुर नगरपालिकाले भेदभावपूर्ण तरिकाले सदालाई ट्रिपरमा ल्याएर प्रादेशिक अस्पतालमा ल्याएपनि उनको स्वास्थ्यप्रति कसैले वास्ता नगरेको र आईसोलन कक्षमा पिडाले छटपटाइरहेको उनले बताइन् ।

सदाको पिसिआर रिपोर्ट नेगेटिभ आएपनि आइसोलेसनमै उनको मृत्यु भएको छ । आफू दलित र गरिब रहेकोले छोरालाई मारिदिएको उनको आमाले आरोप लगाईन् । क्वारेन्टिन देखि लिएर आइशोलेसन सम्ममा कसैले चासो नदिएपछि छोराको ज्यान गएको उनको आरोप छ ।

यता प्रादेशिक अस्पताल जनकपुरका फोकल पर्सन डा.कुलदीप पण्डितले अस्पतालमा सदा भर्ना भएपछि केहि दिनमै झाडापखाला निको भएको बताए । डा. पण्डितले सदाको मस्तिष्क घातको कारण मृत्यू भएको आशंका रहेको बताए ।

डा. पण्डितका अनुसार राजुको रोगको बारेमा आफुहरुलाई ढिलो भएर थाहा पाएको र समयमा उपचार नभएकोले मृत्यु भएको हो । आफुहरुलाई रोगको बारेमा जानकारी भएसम्ममा राजुको मृत्यू भईसकेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *