TodayPati

भंगहा नगरपालिकाको बजेट ४८ करोड

टुडेपाटी-
महोत्तरी, असार १० गते ।

महोत्तरीको भंगहा नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ४८ करोडको बजेट विनियोजन गरेको छ । मंगलबारदेखि सुरु भएको नगरसभामा ४८ करोड १७ लाख ७८ हजार ३ सय रुपैयाँको प्रस्ताव पेश गरिएको हो ।

जसमा पुजिगत तर्फ ४० करोड ४४ लाख ९६ हजार र चालु तर्फ ७ करोड ७२ लाख ८२ हजार बजेट विनियोजन गरिएको भंगहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए ।

Sponsored

कृषि, शिक्षा, स्वास्थ्य र बाटो लगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगरप्रमुख संजिव साहको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *