TodayPati

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको नगरसभा स्थलमा तनाव, दुइतर्फी झडपको सम्भावना

टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको नगरसभा स्थलमा तनाव बढेको छ । बुधबार दिउँसो १ बजेको लागि नगरसभा डाकिएको छ । तर नगरसभा स्थलमा नेकपा, जनता समाजवादी पार्टी र राप्रपा लगायत सर्वसधारण जनताहरु विभिन्न मागहरु राखेर प्रदर्शन गर्दै धर्नामा बसेका छन् । महेन्द्रनगर स्थित गंगोत्री बोर्डिंग स्कुलमा नगरसभा हुने तय गरेको छ । मूल गेटमै विभिन्न माग रखेर धर्नामा बसेपछि अहिलेसम्म नगरभा सुरु हुन सकेको छैन ।

धर्नामा बसेकाहरुले विगतमा गरिएको विकास निर्माणको कामहरुको हरहिसाब पारदर्शी गनुपर्ने, भ्रष्टाचारी मेयर लगायतका जनतप्रतिनिधिलाई कारबाही हुनुनपर्ने सहितका माग राखेको धर्नामा बसेका स्थानीय नेकपाका नेता विजय यादवले बताए ।

Sponsored

यता जसरी पनि नगरसभा गर्न मेयर योगेन्द्र पजियारले समेत संयौको संख्यामा नेपाली काँग्रेसका कार्यकर्ता तथा आफ्ना समर्थकहरुलाई गाउँगाउँबाट बोलाएर भेला पारेका छन् । त्याहाँ दुईतर्फी झडप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

नगरसभा स्थलमा प्रदर्शनकारीहरु छन् भने नगरपालिका कार्यालय अगाडी मेयरका समर्थक तथा काँग्रेसका स्थानीय नेता कार्यकर्ता छन् । अहिले दुवै पक्षबिच इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *