TodayPati

सर्लाहीमा पिपलको हाँगो भाँच्दा एक महिलाको ज्यान गयो

टुडेपाटी-
सर्लाही, असार ८ गते ।

सर्लाहीमा टिपरले भाँचेको रुखको हाँगोले लागेर एक महिलाको ज्यान गएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छन् ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ६ नोकेल्वामा आइतवार साँझ ना ४ ख ५४४८ नम्बरको टिपरको हाइड्रोलिकले पिपलको हाँगो भाँच्दा चौतारीमा बसेकी सोही ठाउँकी ४५ वर्षीया कैलासिया देवीको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी सुवेदीले जानकारी दिए ।

Sponsored

घटनामा सोही ठाउँकी ४० वर्षीया प्रमिला देवी गम्भीर घाईते भएकी छन् । उनलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । गिटी झारेपछि हाइड्रोलिकले टिपरको ढाला उठाउने क्रममा पिपलको हाँगो भाँचिएको स्थानीयको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *