नेपालमा एकाविहानै थप २४ जना कोरोना संक्रमित भेटिए
टुडेपाटी-
जनकपुरधाम, असार ५ गते ।
नेपालमा शुक्रवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ पुरुष र २ महिलासहित पोखरामा ५ नयाँ संक्रमित थपिएका हुन् ।
जसमध्ये पोखरा महानगरका ४१ र १९ वर्षका दुई पुरुष, ३० र ५६ वर्षीया दुई महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै कास्कीकै रुपा गाउँपालिकाका ४५ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै, प्रदेशका ४ जिल्लामा २४ जना नयाँ संक्रमित थपिएका हुन् ।
Sponsored
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बागलुङमा १४ नयाँ संक्रमित थपिएका छन् ।
गलकोट नगरपालिकामा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय ६ पुरुष । त्यसैगरी ४२ र २० वर्षीय दुई महिलामा कोरोना पुष्टि भएको छ ।
बागलुङकै काठेखोला गाउँपालिकामा २४, २९, २२, २०, २३ र २९ वर्षीय ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
नवलपुर विनयी त्रिवणी गाउँपालिकाका २८ र २० वर्षीय दुई पुरुष, स्याङ्जाको पालिका नखुलेको ६३ वर्षीय एक पुरुष, त्यसैगरि कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यो सँगै प्रदेशमा कुल संक्रमित संख्या ३ सय ४८ पुगेको छ ।