TodayPati

गण्डकी प्रदेशमा थपिए २४ जना कोरोना संक्रमित

टुडेपाटी-
पोखरा, असार ५ गते ।

गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका चार जिल्लामा गरेर थप २४ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

पूर्वी नवलपरासीका २ जना, बागलुङका १४ जना, कास्कीका ६ जना र स्याङ्जाका ६ जनामा गएराति कोरोना संक्रमण पुष्टि भएको हा । नयाँ संक्रमितमा तीन जना महिला र बाँकी सबै पुरुष छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन सय ४८ पुगेको छ ।

Sponsored

अहिलेसम्म २२ जना निको भएर घर फर्किसकेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *