पर्वत अस्पतालको ५ जना स्वास्थयकर्मीमा कोरोना पुष्टि, इमेरजेन्सी बाहेक सबै सेवा ठप्प
टुडेपाटी
पर्वत, असार ५ गते ।
पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शिशिर देवकोटाले जानकारी दिए ।
पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा. देवकोटाले बताए ।
अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका डा। देवकोटाले जानकारी दिए । अस्पतालमा १२ जना चिकित्सक कार्यरत छन् ।
Sponsored