सिरहामा एक मजदुरको खाल्डोमा डुबेर मृत्यु
टुडेपाटी-
सिरहा, माघ २९ गते ।
सिरहामा एकजना मजदुर मृत अवस्थामा फेला परेका छन् । सिरहाको बिष्णुपुर गाउँपालिका–१ मा सप्तरीको सिस्बा बल्ही घर भएका ३५ वर्षीय पुरन मण्डलको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
ओभरहेड पानी ट्यांकी निर्माण कार्यमा खटिएका मण्डल निर्माण स्थल नजिकै रहेको खाल्टोमा डुबेर मृत्यु भइसकेको अवस्थामा बुधबार बिहान फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बिनोद घिमिरेले बताए।