TodayPati

वीरगञ्जको पोलमा जथाभावी तानिएका तारलाई व्यवस्थित गरिने सहमति

टुडेपाटी-
वीरगञ्ज, माघ २९ गते ।

वीरगञ्जको पोलमा जथाभावी तानिएका तारलाई व्यवस्थित गरिने निर्णय भएको छ । आदर्शनगर ग्रिन सिटीमा इन्टरनेट प्रदायक संस्थाका प्रतिनीधि र ग्रिन सिटी समुदायिकबीच बुधबार भएको बैठकमा तारलाई व्यवस्थित गर्ने सहमति भएको जनाइएको छ ।

पहिलो चरणमा लोहरपट्टी चोकदेखि ठाकुरराम बहुमुखी क्याम्पस चोकसम्मको इन्टरनेट तथा टिभी केबल तारको व्यवस्थापन गर्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ । छिट्टै वीरगञ्ज नगरभरी नै तारलाई व्यवस्थित गरिने उनीहरुको भनाइ छ । निर्णय कार्यान्वयनका लागि ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिसहित ६ सदस्यीय तार व्यवस्थापन समिति समेत गठन गरिएको बताइएको छ ।

Sponsored

विद्युतको पोलमा जथाभावी तार लगाउँदा आगलागीको जोखिम बढेको र सहर पनि कुरुप देखिएको भन्दै ग्रिनसिटी सामुदायिकले विरोध जनाउँदै आएको थियो ।

इन्टरनेट सेवा प्रदायकले शनिबारदेखि तारलाई व्यवस्थित गर्न सहमति जनाएको ग्रिन सिटी सामुदायिकका अध्यक्ष खेतानले जानकारी दिए ।

‘इन्टरनेट र टिभी सेवा प्रदायकले आवश्यकता भन्दा बढी तार विद्युतको पोलमा झुड्याइदिन्छन्, शहर कुरुप मात्रै भएको छैन, कहिलेकाँही पोलमा आगलागीका घटना समेत भएका छन्,’ अध्यक्ष खेतानले भने, ‘त्यसैले व्यवस्थित गर्न उनीहरुलाई आग्रह गरेका थियौं, राजी पनि भएका छन् । शनिबारदेखि हटाउँछौं भनेका छन् ।’

Sponsored

उक्त बैठकमा नेपाल विद्युत प्राधिकारण, भायनेट, वल्र्ड लिंक, क्लासिक टेक, सुबीसु लगायत इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *