TodayPati

५० जना यात्रु बोकेर क्वारेन्टितर्फ जाँदै गरेको टिपर कर्णालीमा खस्यो

टुडेपाटी

जनकपुरधाम, जेठ २८ गते ।

भारतबाट आएका ५० जना यात्रु बोकेर क्वारेन्टिनमा जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ ।

Sponsored

कालीकोटमा जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लाँदै थियो।

कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । केही यात्रु हाम फालेर नदीमा खसेका थिए । उनीहरुलाई नदीबाट निकालिएको छ ।

करिब ३० भन्दा धेरै हराइरहेको अनुमान गरिएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । दुर्घटनाको बिस्तृत विवरण आइसकेको छैन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *