पछिल्लो २४ घण्टामा प्रदेश २ मा १९६ जनामा कोरोना पुष्टि
टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । योस सँगै प्रदेश २ मा कोरोना संक्रमितको सङ्ख्या १ हजार ५ सय ७३ पुगेको छ ।
प्रदेश २ सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
कोभिड-१९ पोजिटिभ देखएकाहरूमा सप्तरीका ६, सिरहाका १३, रौतहटका ६८, महोत्तरीका ४४, धनुषाका २२ र सर्लाहीका ४३ जना छन् ।
Sponsored