रुपन्देहीमा यसरी भयो श्रीमान श्रीमती सहित ५ जनाको हत्या, सबैको परिचय खुल्यो
टुडेपाटी
रुपन्देही, जेठ २७ गते ।
रुपन्देहीमा आफ्नै साथीले हत्या गरेका पाँच जनाको परिचय खुलेको छ ।
गएराती रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा भएको सामूहिक हत्यामा मृत्यु भएका ५ जनाको परिचय खुलेको हो । घटनामा मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेका छ ।
उनीहरु गंगादेवी पशु फार्ममा कामदार रहेको र सोही फर्ममा कार्यरत एक युवकले कोदालो प्रहार गरेर हत्या भएको बताइएको छ ।
मृत्यु हुने २ जना श्रीमान्श्री मती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार मृतकको सनाखत गरिएको छ । उनीहरूको ठेगाना भने खुल्न बाँकी छ ।
उनीहरू सबै कान्छीबजारको मैनहवास्थित भैँसीफार्ममा काम गर्ने व्यक्ति हुन् । नीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । त्यस्तै, हत्यामा संग्लन सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् ।
Sponsored