थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७ सय ८६ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, जेठ २७ गते ।
नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी पूर्व, बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचना अनुसार यो प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ।
सूचना अनुसार नवलपरासी पूर्व, म्याग्दी र बागलुङ जिल्लामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४६ वर्षका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।
बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ वर्षका तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ। बाग्लुङ जिल्लाकै बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।
Sponsored
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ७ सय ८६ पुगेको छ।