नारायणी अस्पतालमा नयाँ पीसीआर मेसिन सहित ८ हजार थान भिटिएम दिइने
टुडेपाटी-
वीरगञ्ज,जेठ २७ गते ।
वीरगञ्जस्थित नारायणी अस्पताललाई प्रदेश २ सरकारले कोभिड १९ चेकजाँचमा अभाव हुन नदिन १८ सय ५० वटा आरडिटी किट सहयोग गरेका छन् ।
कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागी आरडिटी किट सहित नारायणी अस्पताल पुगेर प्रदेश २ सरकारका अर्थ राज्यमन्त्री उषादेवी यादव तथा संघीय सांसद प्रदिप यादवले संयुक्त रुपमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट विरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरे ।
सो क्रममा उनीहरुले पिसीआर मेसिन तथा करिब ८ हजार थान भिटिएम दिने प्रतिबद्धता जाहिर गरे । वीरगञ्जमा पिसीआर मेशिनको आवश्यक्ता महशुस गरिएको हुनाले यस भन्दा पहिला पनि वीरगञ्ज महानगरपालीकाले पीसीआर मेशिन चाहिन्छ भन्ने बताएअनुसार प्रदेश सरकारले अर्को पीसीआर मेशिन र पर्याप्त भिटिएम पठाउन लागेको राज्यमन्त्री यादवले बताइन् ।