जनकपुरमा साढे २ सय विपन्न घरपरिवारलाई निःशुल्क भोजनको व्यवस्था
टुडेपाटी-
जनकपुरधाम, जेठ २६ गते ।
कोरोना महामारीको कारण लकडाउन प्रभावित विपन्न असहायलाई लक्षित गरि निःशुल्क भोजनको व्यवस्था गरिएको छ । रामजानकी तेली कुट्टीद्वारा संचालित निस्शुल्क भोजन शिविर शिविरमा दैनिक एक हजारभन्दा बढी व्यक्तिलाई खाना खुवाउने गरिएको छ ।
लकडानमा विपन्न समुदायलाई लक्षित गरी गत विगत ११ दिनदेखि शुरु भएको तेली कुट्टीद्वारा संचालित निःशुल्क भोजन शिविरको सोमबारको खर्च व्यवस्थापन जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का राम नारायण साह तथा चन्द्रकला देवी साहले गरेका छन् । उक्त निस्शुल्क भोजन शिविरमा दैनिकजसो करिब २ सय ५० घरपरिवारका झण्डै एक हजारभन्दा बढी व्यक्ति लाभान्वित हुने गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह तथा साह दम्पतीले संयुक्तरूपमा भोजन वितरण गर्दै उक्त कार्यको सुरुवात गरेका थिए ।
सोमबार पनि उक्त निस्शुल्क भोजन शिविरमा करिब १ हजार १ सय जनालाई खाना खुवाइएको साह दम्पतीले बताए । शिविरको ११ औँ दिन साह दम्पतीले आफ्नो निजी खर्चमा जनकपुर उपमहानगरपालिकाका करिब सबै वडाका २ सय ५० विपन्न घरपरिवारका १ हजार १ सय जना भन्दा बढीलाई खाना खुवाइएको उनका छोरा बिन्दकिशोर साहले बताए ।
भोजन शिविरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहित वडा नं ७ का अध्यक्ष जानकीराम साह, जसपाका नेता मनोज चौधरी, रामजानकी तेली कुट्टीका अध्यक्ष जिवछ साहलगायतको उपस्थिति थियो ।
Sponsored