TodayPati

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७४ जनामा कोरोना पुष्टि, कहाँ–कहाँ थपिए संक्रमित ?

नितेश यादव-
जनकपुरधाम, जेठ २६ गते ।

पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ७४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

सात जना महिला र १ सय ६७ जना पुरुषगरी कुल १ सय ७४ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रलयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार सोमबार सर्लाहीमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

Sponsored

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ सय २३ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

कुन जिल्लामा कति संक्रमित

सोमबार सबैभन्दा बढी सर्लाही जिल्लामा १ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

Sponsored

त्यसैगरी सप्तरी जिल्लामा १६ जना, महोत्तरी जिल्लामा १२ जना, रौतहट जिल्लामा ११ जना, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

कहाँ–कहाँ थपिए संक्रमित

सप्तरीको बलान विहुल गाउँपालिका ३ स्थित क्वारेन्टाइनमा ३७ वर्षीय महिला एकजना, १२ र १८ वर्षीय किशोर २ जना, १९ देखि ४० वर्षका १२ जना र अर्का ४५ वर्षका पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको छ ।

महोत्तरीको औरही नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ देखि ४० वर्षका ७ जना र सोही क्वारेन्टाइनमा रहेका ४० देखि ६० वर्षका २ जना गरी ९ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । महोत्तरीकै जलेश्वर नगरपालिकाको क्वारेन्टाइनमा १८ वर्षीय किशोर र १९ देखि ४० वर्षका २ जना पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको सचिव घिमिरेले बताए ।

सर्लाहीको विष्णु गाउँपालिकको क्वारेन्टाइनमा १ देखि १८ वर्षका ४ जना, १९ देखि ४० वर्षका ३० जना र ४५ वर्षीय पुरुषमा गरी ३५ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी सर्लाहीकै बह्रमपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै चक्रघट्टा गाउँपालिकामा रहेको क्वारेन्टिनमा १५ जना पुरुष, बलरा नगरपालिकामा रहेका ८ जना र इश्वरपुर नगरपालिकाको स्थानीय क्वारेन्टिमा रहेका १८ जना र रामनगर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३७ वर्षीय परुषमा कोरोना भाइरस पुष्टि भएको सचिव घिमिरेले बताए ।

रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, परवा नगरपालिकामा ५ जना, गौर नगरपालिकामा १ जना, गढीमाई नगरपालिकामा ४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यसैगरी बाराको सुवर्णा गाउँपालिकामा ३ वर्षीया बालिका र २८ वर्षीया महिला सहित ४ जनामा, पचरौता नगरपालिकामा ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीया महिला र ५५ वर्षीय पुरुष सहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *