लकडाउमा रौतहटबाट तस्करी हुन लागेको ६६ लाख बढीको समान बरामद
टुडेपाटी-
रौतहट, जेठ २४ गते ।
लकडाउनकै अवधिमा रौतहटबाट ६६ लाख भन्दा बढीको समान बरामद भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनमा
गत चैत ११ गतेदेखि हालसम्म विभिन्न नाका हुँदै तस्करहरुले भित्र्याएको उक्त मूल्य बराबरको बिभिन्न सामान प्रहरीले बरामद गरेको हो ।
खुला सीमानाको फाईदा उठाँउदै गत चैत्र महिनामा विभिन्न नाका बाट भित्र्याएको एकलाख ८६ हजार बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी, बैशाख महिनामा २८लाख ३५हजार नौसय ५० रुपेया मुल्य बराबरको अवैध सामान बरामद भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
जेठ महिनाको २० गतेसम्म ३८ लाख ७४ हजार आठसय ६० बराबरको कपडा, किराना, कस्मेटिक, विभिन्न प्रकारको सुर्तीजन्य पदार्थ, भारततर्फ लैजाँदै गरेको मदिरा लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
यस अवधिमा तस्करीका सामान सहित तस्करीमा प्रयोग भएको तीन ठूला सवारीसाधन, ९ मोटरसाईकल, ५ साईकल बरामद हुनुका साथै ११ जना तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख रहेको छ ।
Sponsored