डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै
टुडेपाटी-
महेन्द्रनगर, जेठ २१ गते ।
डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको आज बिहान मृत्यु भएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ असिमग्राममा क्वारेन्टिनमा बसेकी ३० वर्षीय महिलाको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
उनले भने, ‘क्वारेन्टिनमा महिलाको मृत्यु भएको भन्ने खबर आएको छ, थप जानकारी लिदै छौँ, त्यहाँ हाम्रो टोली पठाएका छौँ,।’ ती महिला मंगलवार राति शौचालय गएर आएपछि एक्कासी बेहोस भएकी थिइन् ।
जेठ १८ गते श्रीमानसँगै भारतबाट आएकी महिला क्वारेन्टिनमा बसेकी थिइन् । उनका पति पनि क्वारेन्टिनमै छन् । उनमा कोरोना परीक्षण हुने भएको छ । कोरोना परीक्षणका लागि अब स्बाव संकलन भएको डिएसपी न्यौपानेले बताए ।
Sponsored