जनकपुरमै खुल्यो आधुनिक पानी उद्योग
टुडेपाटी –
जनकपुरधाम । माघ २७ गते ।
जनकपुरमा आधुनिक पानी उद्योग सञ्चालनमा आएको छ । झण्डै डेढ करोड रुपैयाँ लगानीमा शुद्ध पिउने पानी उद्योग सञ्चालनमा भोडा आइतबारदेखि संचालनमा आएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल स्थित स्थित प्रशान्त कर्णले खोलेको भोडा पानी उद्योग प्रदेश २ का उदोग वन पर्यटन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डलले उदघाटन गरेका हुन् ।
विभा बेभरेजस् कम्पनीद्वारा उत्पादित भोडा नामको पानी उद्योगले उत्पादन गर्ने छ । नयाँ प्रविधि प्रयोग गरी शुद्ध पिउने पानी उत्पादन गर्न लागेको सञ्चालक कर्णले बताए । पानी उद्योगका लागि रु ८० लाख मूल्य बराबरको मेसिन, रु ३० लाखको लागतमा घर निर्माण र अन्य खर्च गरी एक करोड ३० लाख लगानी लागेको उनले जानकारी दिए ।
पानी उद्योगको उदघाटन गर्दै राज्यमन्त्री मण्डलले श्रम बेचेर समृद्ध हुन नसक्ने बताउँदै विदेशभन्दा स्वदेशमै उद्योगको पर्याप्त सम्भावना रहेको बताए ।
स्वस्थ जीवनका लागि शुद्ध पिउने पानीको आवश्यकता औल्याउँदै बजारमा अझै शुद्ध पिउने पानी अभाव रहेको उनले बताए । उद्योग क्षेत्रमा युवाको सक्रियता उदाहरणीय रहेको भन्दै प्रदेश सरकार उद्योगीहरुलाई सहयोग गर्न तयार रहेको वाचा गरे । उद्योग स्थापना एवं पर्वद्धनमा प्रदेश सरकारले ल्याएको व्यवस्था बारे चर्चा गर्दै उद्यागीले प्रयोग भएको बोतल पुनः प्रयोगमा ल्याउने नीति ल्याउन उनले सुझाए ।
Sponsored