बहुअर्वा विद्यालयः ‘हिजो र आज’
नित्यानन्द मण्डल-
एशियाको वीच भू–भाग, हिमालयको काँखमा अवस्थित सुन्दर, शान्त तथा स्निग्ध जगत जननी जानकीको जन्मस्थली राजशिरोमणि जनकको पवित्र नगरी तात्कालिन मिथिलाका राजधानी, हाल सहमति भईसकेको प्रदेश नं. २ का प्रादेशिक राजधानी जनकपुरधामको आँचरको एक कुनामा रहेको तात्कालिन बहअर्वा गाविस, हाल धनौजी गाउँपालिका वडा नं. ५ श्री वासुदेव मावि बहुअर्वा अवस्थित छ । प्रारम्भिक अवस्थामा यसै गाउँमा रहेको ओलार पोखरीको दक्षिणी कुनामा यो विद्यालय रहेको थियो,अहिले अलिक पर सारिएर ओलार परतीको दक्षिणी–पश्चिमी छेउमा विराजमान छ । बहुअर्वा विद्यालय जनकपुरधामबाट ५ किलो मिटर टाढा पूर्व–दक्षिणमा पर्दछ ।
मान्छेले स्वर्गको ज्ञल्पनै गर्नुपर्ने थिएन, जब पृथ्वीमा आफ्नो निजी स्वार्थलाई त्यागेर समाज, राष्ट्र र विश्व मानवकै सामूहिक हितभित्र आफ्नो हित देख्ने कर्तव्यपरायण र उदार मानिसहरुको अधिकता हुन्थ्यो । आजसम्म त्यसो हुन सकेन र भविष्यमा पनि सम्भव देखिंंदैन् । तर अधिक संख्यामा त्यस्ता मान्छेहरु नपाइए पनि न्यून संख्यामा समय–समयमा त्यस्ता महान पुरुषहरुलाई धर्तीमाताले आफ्नो छातीमा अवतरण गराएकै छन् । र, त जेनतेन सृष्टि चलेकै छ । त्यस्तै महान पुरुष मध्ये आफ्नो कत्र्तव्यपालना र जनहितकालागि समर्पित शैक्षिक क्रान्तिका मसीहाद्वय थिए– स्वर्गीय गंगाप्रसाद मण्डल एवं वासुदेव साह ।
समाजसेवी गंगा प्रसाद मण्डलले गाउँमा एउटा पाठशाला निर्माण गर्ने सोच राखे र बनाए पनि फुसकै सानो विद्यालय । ग्रामिण क्षेत्रका झुप्रोमा शिक्षा तथा चेतनाको दियालो (टुकी) बाल्न सुरुमा विद्यालयका शिक्षकहरुको मासिक तलव सहित अन्य खर्च पनि आफ्नै घरबाट व्यय गरे र उनलाई साथ पनि दिए यस भेगका समाजसेवी, बुद्धिजीवी एवं शिक्षा प्रेमीहरु । तर उनले बालेका त्यो दीप–दियालो निभाउन फुसको छाना भएको विद्यालयमा केहि असामाजिक, उच्छृङ्खल, अराजक अज्ञात तत्वले दिनमा बनाइएका घरलाई राति भत्काई दिने गर्दथे । एक दिन त दिउँसै आगो पनि लगाई दिएको कुरा सम्झिन्छन्, गाउँका बुढापाकाहरु ।
यसबाट उनी सहित शिक्षाप्रेमीहरु अलिकति पनि विचलित भएनन्, आप्mनो महान योजना र अभियानमा दृढतापूर्वक लगि नै रहे । यस भेगका शिक्षा प्रेमी महानुभावहरुले कसैले आप्mनो थोरवहुत जमीन दिए त कसैले शारीरिक एवं मानसिक श्रम दान गरे त कसैले बाँस, खड़ आदि –ईत्यादि प्रदान गरे । नाना थरिका सहयोग विभित्र वर्ग, पक्ष, समुदाय र व्यक्तिबाट भयो । यसै क्रममा ती शिक्षा प्रेमीहरुले भोकालाई खीर पाए झैं फेला पारे बहुअर्वाका दानवीर व्यक्तित्व वासुदेव साहलाई । विद्यालयलाई दीर्घकालीन स्थायित्व प्रदान गर्नका लागि चल–अचल सम्पति प्रदान गर्न तथा पक्की कोठाको विद्यालय बनाइ दिन आग्रह गरे उनीहरुले । केहि न लागे पछि उनकै प्राङ्गणमा अनसनमा समेत बसे–त्यति वेलाका ती शिक्षा प्रेमीमहानूभावहरु । यसपछि उनीहरुको आग्रहलाई उनले अस्विकार गर्न सकेनन् । र, त प्रदान गरे – लगभग २० विग्घा जग्गा, एकमुस्ट दश हजार रुपियाँ अनि ९ कोठा र ५ कोठाको भवन । हाल सम्म पनि ती परिवाहरबाट वेलावखतमा सहयोग भई नै रहेको बुझिएको छ ।
विपन्नता र अशिक्षाको कहालीलाग्दो अ“ध्यारोमा रुम्मलिएका मुलुकका विकट ग्रामिणक्षेत्रहरुमा शिक्षाको दियो बाल्ने काम ज्यादैं नै चुनौतीपूर्ण भएको बेला अत्यन्त साहसिक सङ्कल्प र दृढताको पृष्टभूमिमा स्थापना भएको विद्यालय थियो– श्री जनता अपर प्राइमरी स्कूल बहुअर्वा । समुदायका लागि निर्वाह गर्नुपर्ने दायित्वपूर्ण भूमिकालाई केही दशक अगाडि चिन्तन–मनन गरेर लेखपढ गर्ने गराउने कुरामा अभिभावक र बाल–बालिकाको रुचि एवं संलग्नता बढाउने उच्च विचार, महान सोच तथा महत्वपूर्ण दृष्टिकोणले अघि सरेका समाजका अगुवाहरु पूर्व मन्त्री मकेश्वरप्रसाद सिंह, नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक योद्धा स्वर्गिय महेन्द्रनारायण निधि, समाज सेवी मेघप्रसाद उपाध्याय,पूर्व अञ्चल शिक्षा अधिकारी रामनारायण प्रसाद मण्डल, सत्यदेव झा, समाजसेवीहरु चिरञ्जीवी लाल कर्ण, मोगलप्रसाद साह, रामउदित ठाकुर, विलट मण्डल, जीवछ मण्डल, देवलाल मण्डल, सुकदेव साहु ,सीताराम साहु, देवलाल पण्डित, गौडी ठाकुर, रामविलास ठाकुर, सुवदार भरखेर, रामजुलुम साहु, कृष्णचन्द्र यादव, वेचन राउत, नागेश्वर झा, विकन झा, सदिक मोमिन अली, रामस्वरुप पजियार, नथुनी भरखेर, अवधि राउत, महावीर ठाकुर, रामपूनित ठाकुर, बुच्चु बाबु, सुवंश साहु, लगायतका शिक्षा प्रेमी महानूभावहरुको विद्यालयको स्थापना, निमार्ण, विकास एवं उन्नययनमा पु¥याएका अतुलनीय–अविस्मरणीय भूमिका, योगदानको सार्थक पहललाई कहिले पनि विर्सन सकिँंदैन् । आज सम्म त्यो दियालो र फुसको घर भौतिक रुपमा पूर्णतया सुविधा सम्पत्र आकार ग्रहण गरिसकेको छ र त्यसको ज्योति अज्ञानतारुपी कालो अन्धकारको वादल चिर्दै आप्mनो शिक्षारुपी प्रकाश पुञ्जले दीप्त तुल्याएको छ यस क्षेत्रलाई ।
Sponsored
उनीहरुको जीवन दीप निभीसकेकाले ती महान आत्माहरुको अमरकृति चीरकाल सम्म यहाँका जनजीवनमा दीप्त रहने छ । यसरी विभिन्न समयमा विद्यालय निर्माण, स्थापना एवं विकासमा यस बहुअर्वा गाविस लगायत यस क्षेत्रका अकौरा, विर्ता, खिरखिरिया, देवडिहा, भडडिया, देपुरा–रुपैठाका ज्ञात अज्ञात ग्रामिणहरुले जग्गा दिने, नगद वा जिन्सी दिने, तन–मनले सहयोग पु¥याउने सबै शिक्षाप्रेमीहरु मध्ये कतिपय दिवंगत भइसके भने कति अहिले पनि जीवित नै छन् जुन भावी पुस्ताका लागि प्रेरणा र प्रोत्साहनका प्रकाशपुञ्ज हुन् ।
विद्यालय स्थापनाको सकस, विद्यालयको नाममा भेद तथा निरीक्षण पुस्तिकाका महत्वपूर्ण अंशहरु :
यस विद्यालयको स्थापना मिति निरीक्षण पुस्तिकाको सबै ठाउ“मा २०१२ साल लेखिएको छ । तर हाल विद्यालयको भित्ते बोर्डमा २०११ साल नै लेखिएको देखिन्छ । यसका साथै संस्थापक प्रधानाध्यापक श्री इन्द्रदेवलाल कर्णका अनुसार विद्यालय स्थापनाको प्रारुप ९–१० साल तिरबाट नै सुरु भएको हो । जे, होस स्थापना बर्षको विषयमा किटान गरेर भन्न ग्राह्रो भएपनि अहिले सम्म २०११ साललाई नै स्थापना वर्ष मानिंदै आएको छ । यद्यपि यस सम्बन्धमा कुनै ठोस प्रमाणविक आधार भने कतै फेला परेको छैन, अझै गहन खोजीको बिषय भएको छ यो ।
– २०१९ साल ९÷११÷४ का दिन तात्कालीन अञ्चल शिक्षा अधिकारीले गरेका निरीक्षण अनुसार स्कूल घर हाल फुसको ४ कोठा को छ, पक्का ९ कोठा भवन बनाई दिन श्री वासुदेव साहु सूड़ीले सुरु गर्नु भएको छ । यस कार्यमा श्री वासुदेव साहुका सुपुत्र श्री मोगल प्रसाद साहको भूमिका पनि उल्लेखनीय रहेको छ जो विद्यालय सञ्चालन समितिका सेक्रेटरी पनि थिए । यसरी वासुदेव साहुका नाममा अहिले पनि विद्यालयको नाम रहेको कुरा इतिहासको पृष्ठमा स्वार्णाक्षरमा अंकित छ ।
– यस विद्यालयको नाम पटक–पटक फेरिएको कुरा निरीक्षण पुस्तिका अध्ययन गर्दा प्रष्ट हुन्छ । श्री जनता अपर प्राइमरी स्कूल, बहुअर्वा (पाना संख्या–३,२०१४ साल जेष्ठ ८गते, गोविन्द प्रसाद दहाल, का.मु.डि.ई, निरीक्षण पुस्तिका) स्थायी स्वीकृति पत्र प्राप्त नभए पनि डि.ई. आ जनकपुरधामको सं.सं. ३९६÷०१३ को अनुमति पत्र प्राप्त भएको थियो ।
– यस पछि श्री प्रस्तावित अनुप मण्डल मिडिल स्कूल भई (२०१६ साल श्रावण–१६गते,जयप्रसाद उपाध्याय, का.मु.डि.ई., डि.ई.आ. जनकपुर, निरीक्षण पुस्तिका पाना संख्या–११) यसैगरी श्री जनता मिडिल स्कूल बहुअर्वा पनि भए । ५÷०६÷०१९, जयप्रसाद उपाध्याय, स.इ.त्रि.ग्रा.वि. केन्द्र, जनकपुर, (पाना संख्या–१३, निरीक्षण पुस्तिका) श्री जनता अपर प्रइमरी स्कूल, बहुअर्वा (२०१९÷०९÷११—४ को दिनमा शिवहरि आचार्य, अंचल शिक्षा अधिकारी जनकपुर अंचल ।पाना संख्या–२१, निरीक्षण पुस्तिका ) ।
– यसैगरी जनता माध्यमिक विद्यालय, बहुअर्वा (२०२२ साल भाद्र ७ गते सोमवार, दिनको १ बजे, श्रीकृष्णचन्द्र यादव, सदस्य ज.मा.वि. बहुअर्वा ,पाना संख्या–२३, निरीक्षण पुस्तिका) ।
– श्री रा. प्रा. स्कूल तथा यसै ठाउ“को माध्यमिक स्कूल, बहुअर्वा (०२३÷०२÷२३ हस्ताक्षर प्रष्ट छैन् तथा २०२५÷०१÷०९ निरीक्षण पुस्तिका) । श्री जनता प्राइमरी स्कूल बहुअर्वा(२०२३÷०६÷२० जिल्ला शिक्षा निरीक्षक हस्ताक्षर प्रष्ट छैन् ) । नया“ शिक्षा योजनाको सर्भेक्षणको क्रममा श्री वासुदेव हाई स्कूल बहुअर्वा तथा २०२६ सालमा स्वीकृति प्राप्त (०२८÷०९÷६ नारायणप्रसाद ढकाल, जि.शि.अ.का.धनुषा) ।
– श्री वासुदेव नि.मा.वि. बहुअर्वा (०३०÷११÷०३ मा, मथुरा प्रसाद सिंह, मा.वि. निरीक्षक, धनुषा,निरीक्षण पुस्तिका) श्री वासुदेव मा.वि. बहुअर्वा (०३२÷११÷२६ मथुरा प्रसाद सिंह, मा.वि.नि., मा.वि. क्षेत्र नं.–१ जि.ए.शि.शाखा, धनुषा, निरीक्षण पुस्तिका) ।
– विद्यालयको नामकै सिलसिलामा एउटा हा“सो उठ्दो कुरा के छ भने नया“ शिक्षा योजनाको सर्वेक्षणको क्रममा विद्यालयको नाम श्री वासुदेव हाई इड्डलिस स्कूल लेखिएको छ जो एक्कदमै प्रष्ट पनि छ, त्यसमा पनि तीनजनाको सर्वेक्षण टोली छ ।(२०२८÷०९÷०६–३ प्रा. खड्गमान श्रेष्ठ सर्वेक्षण टोली, दुई जनाको हस्ताक्षर प्रष्ट छैन् ,निरिक्षण पुस्तिका ) । यस स्कूलको नाम कहिल्यै पनि हाई ईड्डलिस स्कूलको नाम उल्लेख नभएको दावी यहाँका जाानीफकारहरुको मत छ ।
– यसैगरी यस स्कुलको नाम शंकर नि.मा.वि. बहुअर्वा (०२९÷०९÷२७ प्रा.वि.नि. हस्ताक्षर प्रष्ट छैन, निरीक्षण पुस्तिका) यो पनि हस्यास्पद कुरा नै हो, भूलवश यस्तो भएको आशंका जानीफकारहरुले गरेका छन् । आखिर जेभएपनि यो विद्यालय अहिले श्री वासुदेव माद्यमिक विद्यालयको नामले नै सञ्चालित छन् ।
– जे होस्, यस विद्यालयलाई सुचारु गर्न तथा स्थायी सम्पति प्रदान गरि दह्रो बनाउन बहुअर्वा सहित यस भेगका नागरिक समाजले आप्mनो जग्गा जमीन प्रदान गरेर जुन गुण लगाएका छन्, त्यो पनि अविस्मरणीय, अनुकरणीय र महत्वपूर्ण रहेको देखिन्छ । ग्रामिणहरुले खुशी राजीले स्कूलमा दश विगहा, एगारह कठ्ठा जग्गा चन्दाको रुपमा स्कुलको स्थायी सम्पत्तिका लागि प्रदान गरे ।
– श्री गंगाप्रसाद मण्डलले ६ विग्हा जमीन स्कुलमा दिनु भएको छ ।तात्कालिन कोषाध्यक्ष श्री गंगाप्रसाद मंडलजीले नै स्कूलका सारा खर्च वहन गरी राख्नु भएको थियो । उहांले एक्लै स्कूलको पूरा खर्च बहनगरी स्कूल चलाउनु भएकोमा उहा“लाई प्रशंसा गर्न शब्द पाइदैन् । यस कुराको उल्लेख (२०१४ साल, चैत्र २ गते, दुःख मोचन ठाकुर, का.मु.डि.इ. जनकपुर,२०१४ साल जेष्ठ ८ गते, गोविन्द प्रसाद दहाल, कामु डि.इ. ११÷०५÷०१५ जय प्रसाद उपाध्याय, निरीक्षण डोर, डि.इ.आ. जनकपुर, निरीक्षण पुस्तिका) ।
– गंगाप्रसाद मण्डलजी र जीवछ मण्डलजीले स्कूलको नाममा १५ विगहा जमीन प्रदान गर्नु भएकोमा उहा“हरु सवदिनकालागि प्रशंसाका पात्र बन्नु भएको छ । सो कुराको उल्लेख (२०१६ साल श्रावण १६गते,जयप्रसाद उपाध्याय, कामु.डि.इ.आ. जनकपुर, निरीक्षण पुस्तिका) मा छ । उनीहरुले आप्mनो लगायत अन्य दाताहरुको जमीन समेत दिएका हुन् सक्ने ठम्याँई स्थानीयको छ ।
– यहा“का शिक्षाप्रेमी दाताहरु खास गरेर श्री वासुदेव साह जसले २० विगहा जग्गा,१०,०००÷– नगद एक मूष्ट दिनुको साथै हाल स्कूल चलिरहेको ९ कोठे पक्की भवन निर्माण गरी सकी अर्को ५ कोठे पक्की भवन बनाउन जग उठाई सक्नु भएकोमा हृदयदेखि धन्यवाद दिँंदै यस विद्यालयको उत्तरोत्तर उन्नतिको कामना गर्दछु । सोको उल्लेख नारायण प्रसाद ढकाल, जि.शि.अ.का.धनुषा, २०२८÷०९÷०६ को निरीक्षण पुस्तिकामा पाइन्छ ।
– भुवनेश्वर बर्मा एण्ड कम्पनीका दर्तावाल लेखा परीक्षक एवं कानून व्यावसायी भुवनेश्वर प्रसाद वर्माको २०६१÷०६२ को लेखापरीक्षण प्रतिवेदन अनुसार २०१३ सालदेखि २०१६ साल सम्म श्रीगंगा प्रसाद मण्डल, श्री वासुदेव ठाकुर एवं श्री मोगल प्रसाद साहले क्रमशः रु १५,००० + २,००० + १०,००० नगद दिनु भएको रेकर्डबाट देखिन्छ भने निम्न व्यक्तिहरुले जम्मा १३–५–१०१÷२ अक्षरेपी तेरह विग्घा ५ कट्टा साढे दस धुर जग्गा विद्यालयलाई प्रदान गर्नु भएको रहेछ
– तात्कालिन शिक्षाप्रेमी महानूभावको तत्परता र लगनशीलता मध्येनजर तात्कालीन का.मु.डि.ई. श्री दुःखमोचन ठाकुरको सहयोगात्मक सिफारिश स्वरुप २०१७ साल फगुन १५गतेमा प्रा.विले नि.मा.वि. सञ्चालनको स्वीकृति प्राप्त गरेको रहेछ । तर शिक्षा प्रेमीहरुलाई त्यतिमा सन्तोष थिएन । लगन थियो मा.वि. सञ्चालनको र यो क्रममा १३–०५–१०१÷२ जग्गामा श्री वासुदेव साहले १४–०५–०० श्री मोगलप्रसाद साहले ०४–०६–०१ र अरु महानुभावहरुले (ऐलानी परती)०५–१३–१५ समेत कूल जग्गा ३७–११–०६१÷२ विद्यालयको नाममा दर्ता गराउन सफल हुनु भएको अभिलेखबाट देखिन्छ ।
– यस क्रममा २० विग्घा जग्गा र ९ कोठा भएको पूर्वमुख, ३ कोठा भएको उत्तर मुखको दुईवट्टा पक्की भवन निर्माण गरिदिनु भएवापत नै वासुदेव साहका नाममा अमरकृति वासुदेव माध्यमिक विद्यालय नामाकरण भएको श्रेस्ता उपलब्ध छ ।
– हुन् त यो नि.मा.वि. २०२४ मा नै मा.वि.मा. परिणत भैसकेको रहेछ । तर २०२९ सालमा नया“ राष्ट्रिय शिक्षा योजना लागू हु“दा नीतिगत रुपले यो विद्यालय निम्न माध्यमिकमा झरे पनि पूनः २०३२ सालमा मा.वि.को दर्जा प्राप्त गरी शिक्षा क्षेत्रमा अनौठो योगदान पु¥याउंदै आइरहेको छ ।
केहि निर्माण तथा संरचनाहरु :
– समाज सेवी तथा शिक्षाप्रेमी सुकदेव साहका नाउँमा उनका भतिज यमुना प्रसाद साह तथा उनका परिवारजनले सरस्वती जीको सुन्दर मन्दिर निर्माण गरेका छन् ।
– यसैगरी २०६१ सालमा यसै विद्यालयका प्राथमिक तहका स्थानीय शिक्षक श्री रामचन्द्र मण्डलले ठुलो फलामे मुल ढोका आप्mनो आमा शारदा देवीको नाममा विद्यालयलाई प्रदान गरे ।
– २०५९ सालमा अमेरिकन पीसकोरका स्वयंसेवक व्रायन लामोरको सक्रियतामा ग्क्ब्क्ष्म् को माध्यमबाट र यहाँका स्थानीय निकाय तथा यस क्षेत्रका शिक्षाप्रेमीहरुको प्रत्यक्षअप्रत्यक्ष सहयोगमा दुईटा कोठा (शिक्षक कक्ष तथा प्रधानाध्यापक र लेखापल कक्ष) निर्माण भयो ।
– २०५९ सालमा नेपालीय मैथिली संसारमा प्राथमिकत तहमा ऐच्छिक मैथिली भाषाका पढाइ सुरु गर्ने प्रथम विद्यालय भएकोमा प्रधानाध्यपक अयोध्यानाथ चौधरीलाई ‘बैधनाथ सीयादेवी सम्मान’ प्राप्त भयो र पछि अन्य जिल्ला र स्थानमा पनि यो कार्य अनुकरणीय बन्न पुग्यो ।
– २०६२ सालमा बीरेन्द्र शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ जिल्लामा दोश्रो स्थान ल्याएकोमा खेलकूद शिक्षकद्वय श्री राजदेव ठाकुर एवं श्री राम एकवाल मण्डलका उल्लेखनीय सक्रियता देखियो ।
– २०६३ सालमा नव गठित विद्यालय व्यवस्थापन समितिका सहमतिमा तथा शिक्षक रामएकवाल मण्डलको अगुवाइमा १ सय५० मसालाका बोटहरु रोपी स्वच्छ वातावरणकालागि वृक्षारोपण कार्य सम्पन्न भयो ।
विद्यालयप्रति समर्पित शिक्षकहरु
विद्यालयका कलिला विरुवारुपी विद्यार्थीहरुलाई आप्mना विद्वता,पौरख, अध्यापन कौशलताले गोडमेल गर्दै, हुर्काउँदै, बढाएका इन्द्रदेवलाल कर्ण, युगेश्वर लाभ, वलदेव मण्डल (हरलाखी, भारत विहार) सौखीलाल साह (पतौना, भारत विहार), रामप्रसाद मण्डल (कान्हरपट्टी, भारत विहार), गजेन्द्र नारायण दास, मोहम्मद सुलेमान मौलवी, रामगोविन्द यादव,रामसुख मण्डल,विन्देश्वर झा,जागेश्वर ठाकुर, सहदेव सिंह थापा, रामलखन साह, माधुरीप्रसाद मण्डल, सूर्यकान्त झा, रामश्रय यादव, सीताराम उपाध्याय लगायतका शिक्षकहरु सा“च्चिकै माली हुन्ृ कुम्भकार हुन् जसले समयानूकुल युगीन हस्ताक्षरहरु तयार गरे । शिक्षक तथा प्रधानाध्यापकहरुको रगत, पसिना, विवेकले सिंचित यस विद्यालयले उनीहरुको त्याग, तपस्या,सङ्घर्ष,साधना, समर्पणको कदर गर्नु जरुरी छ । उहांहरु मध्ये पनि कति त दिवंगत भइसके भने कति अहिले पनि जीवित रहेका छन् । यस्तै ती कलिला बिरुवाबाट पुष्पित भएका विभिन्न रंगबिरंगी मोहक पुष्परुपी विद्यार्थीहरु आज देशका कुनाकाप्चाका साथै विदेशमा पनि आप्mनो सुवास छर्दै आएका छन् ।
भौतिक सुविधामा विद्यालय भवन फर्निचर आदिको तुलनात्मक रुपमा पहिले भन्दा निकै प्रगति हुनुको साथै विज्ञानका प्रयोगशाला, शिशु तथा प्रौढ पुस्तकालयको व्यवस्था, हरेक कुराको तालिका भित्तामा टा“सिएको, शैक्षणिक क्रियाकलापलाई निरन्तर अनुगमन एवं पृष्टपोषण गरी शिक्षक अभिभावकलाई क्रियाशील तुल्याई शैक्षिक उन्नयनमा गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण निर्माणमा श्रृजनात्मक, उल्लेखनीय एवं उदाहरणीय भूमिका निर्वाह गरेका प्रधानाध्यापक अयोध्यानाथ चौधरी प्रशंसाका पात्र हुन् । उनको कार्यकालमै वर्षैनि छात्र संख्या बृद्धि भई रह“दा अझ फराकिलो भवन, पर्याप्त पर्निचर एवं छात्रावासको छुट्टै भवन, साइकल स्ट्याण्ड,+२को लागि प्रस्तावना तयार भईसकेको थियो । अनुकूल समयमा दाता एवं भारतीय राजदूतावासमा सम्पर्क राखी आर्थिक सहायोगकोलागि सुदृढ पाइला चालिने भावी योजना थियो ।
विद्यालयको दुर्दिन
तपेश्वर कुमार मल्लिक प्रधानाध्यापक भएकाबेलामा सुरुआती चरणदेखि उनी अवकाशप्राप्त गरुञ्जेलसम्म विद्यालयले निकै नै समस्या भोगे । जनप्रतिनिधि विहिनताको बेला विद्यालयमा राजनीतिको अखाडा बन्यो ।उनको सुरुवती अवधिमा विद्यालयलाई १० जोड २ पनि बनाइयो जसको उद्घाटन मन्त्री विमलेन्द्र निधिले गरेका थिए । वीचमा शिक्षा कार्यालयको सहयोगमा २४ लाखबला भवनको निर्माण कार्य भयो । यसमा पनि अनियमितता गरिएको गाईगुँई नसुनिएको होइन् । यसरी शिक्षक भर्ना, शिक्षक तथा कर्मचारीको तलब, सञ्चयकोष, भत्ता आदिमा मात्रै प्रयोगशाला,आईसिटी ल्याब, छात्रवृति वितरण आदिमा समेत प्रचार्य मल्लिकले अनियमितता गरेको आरोप खेप्दै आएका छन् । विद्यालयको यो विवाद सामाजिक राजनीतिक छलफल, संवादबाट नसुल्झीएपछि अहिले प्रअ मल्लिक अदालतका ढोका खट्खटाउँदै छन्, उनको पेन्सनपट्टा पर्यन्त अझै बन्न नसकेको हो । उनी पछिको कमान वीरेन्द्र लाल कर्णले सम्हालेका छन् । उनले अभिभावक भेला गरेर विद्यालय व्यवस्थापन समितिको निर्माण गर्न खोज्दैछन् । हेरौं उनले के गुल खिलाउने छन्, प्रतिक्षामा छन्, जनता ।
अबको बाटो
सस्तो,गुणस्तरिय र उत्पादनमूखी शिक्षाको सरकारी सङ्कल्प सार्वजनिक भएको बर्षाै नाघिसक्यो । यस अर्थमा सबैकालागि शिक्षा भन्ने नाराले सैद्धान्तिक र अवधारणात्मक मेसोमा छलाड्ड मारेको छ । तर यसको अप्राविधिक, अव्यवहारिक र अदूरदर्शी कार्यान्वयात्मक कार्ययोजना र तिनका लक्ष्यनिरपेक्ष, अनुपलब्धिमूलक तथा परिणाम विहीन प्रयोगात्मक प्रबन्धनको निरन्तरताले सिङ्गो शिक्षा संसारमा अनुत्पादक्ताको खड्गो तेर्साएको छ । प्रतिस्पर्धात्मक ज्ञानगुण र सीपमूलक शिक्षाको मौजूदा वैश्विक दौरमा अनुत्पादक्ताको संकटको खड्गोले नेपालीलाई समेत अचेठ्नु स्वाभाविक हो । किनकी, शैक्षिक सङ्कट व्यक्ति वा समुदाय विशेष किंवा कुने निश्चित भौगोलिक क्षेत्रलाई मात्र होइन, राष्ट्र निर्माणको समग्र आयामलाई नै प्रभावित गरिरहेको हुन्छ ।
शिक्षा वा कुनै पनि शैक्षणिक संस्थास“ग जोडिएका महान् उत्सवहरुलाई शिक्षा जगतका स्वर्णिम अतीत र विकासक्रमका डोबहरुलाई मात्र केलाउने र त्यसका सकारात्मक उपलब्धिहरुलाई निफनेर आत्मतुष्टि गर्ने अवसरको रुपमा लिइनु अहिलेको चुनौतीपूर्ण परिवेशका लागि सुहाउ“दिलो कदापि हुन्सक्तैन् । अपितु, यसलाई शैक्षिक क्षेत्रको संरचनागत, प्रशासकीय नीतिगत र कार्यन्वयनगत कमजोरीहरुलाई सुक्ष्म ढड्डले अध्ययन, अवलोकन र विश्लेषण गरी भविष्यको रुपरेखा कोर्ने वस्तुगत दायित्वको निर्वाहन गर्ने इतिहासको उपेक्षा गर्न वा पञ्छाउन नमिल्ने रुखो कालखण्डको रुपमा लिनु पर्दछ ।
सा“च्चिकै भन्दा, अन्यौल, अनिश्चितता र व्यवस्थापनहीनताको सङ्कटले गांजेको नेपाली शिक्षा जगतका विद्यमान सङ्कटलाई चार्तुय, कुशलता र उच्च मनेवालले टार्ने इतिहासको यस कठिन घडीमा साहसका साथ आपूmलाई उभ्याउन सक्नु नै परिपक्वताको द्योतक र सम्पूर्ण शैक्षिक संसारको छवि सुधार्ने इमान्दार प्रयास ठहरिने छ । यस दुरुह अवस्थामा शिक्षा जगतस“ग आवद्ध भएकाहरु कति खरा उत्रन्छन् भन्ने कुराको समीक्षा आउ“दा दिनहरुले अवश्य गर्नेछन् ।
सरकारी विद्यालयहरु चल्ने श्रोत सुकेका छन् । सामाजिक दायित्वलाई व्यक्तिगत कार्यसूचीमा पार्ने व्यक्तिहरुको अभावले जिम्मेवारी वहन गर्नेहरुको खडेरी परेको छ । सरकारको शुल्क उठाउने र नउठाउने नीतिगत अस्थिरता र बड्डयाइएका परिभाषालाई प्रतिनिधित्व गर्ने अस्पष्टताले संस्था र अभिभावक चेपुवामा परेका छन् । अजिड्डर झैं फि“जिदै मध्यमवर्गीय किसानको कोठीमा बर्षभरि छाक टार्न थन्किने धान चामल हसुर्ने कम्पनी विद्यालयहरुले गुण्स्तरीय शिक्षाको गुड्डी हा“केर रिक्सा ठेला गाडा घिसार्दै लखतरान पर्नेहरुको पसीना निचोरेका छन् ।
अन्त्तोगत्वा सहरबजारका मात्र होइन, सदरमुकामबाट कोसौं टाढाका सरकारी विद्यालयहरु केही नहुनेको पाठशाला बन्न पुगेका छ । यसले निम्त्याएको छ अत्यासलाग्दा दुष्परिणाम – कक्षा, छात्र र बजेटमा ह्रास ल्याएर । सरकारी विद्यालयको कहालीलाग्दो चित्र यहा“ मात्र कहा“ थामिन्छ र ? शिक्षकको अपुग दरबन्दी, दरबन्दी मिलानको बेथिती, विद्यालयको दैलो साइत जुराएर टेक्ने शिक्षकको प्रवृति, बाह्रैमासा लेखपढको किंबदन्ती आदि सरकारी विद्यालयका पछिल्ला चित्र हुन् जसलाई अझ संवेदनहीन बनानएको छ । युद्धरत् पक्षबीचको द्वन्द प्रभावका चोटहरुले । पाठ्यक्रमिक त्रुटी र तालिम विहीन शिक्षकको समस्याले सरकारी विद्यालयले जन्माउ“दै गरेका अद्र्धदक्ष घोकन्ते पुस्तको कहानी त छ“दैछ ।
शिक्षाक्षेत्रका यी तमाम समस्याहरुलाई राजनीतिक, सामाजिक र आर्थिक चिन्तनको बिषय बनाई राष्ट्रिय बहसमा ल्याउनु पर्छ । र, खोज्नु पर्छ गतिशील समय सापेक्ष शैक्षिक प्रणाली । यो प्रणालीले सम्बोधन गर्न सक्नु पर्छ – पढाई र रोजीरोटी बीचको सम्बन्ध, शिक्षकको छवि सुधार्ने उपाय, शिक्षकको सामाजिक सम्मान, शैक्षिक संस्थानको दिगो, प्रभावकारी र अनावश्यक हस्तक्षेपहीन प्रबन्धन आदि आदि ।
मुलुकको बदलिंदो राजनीतिक परिदृश्यमा गहिंरिएको सामाजिक, सांस्कृतिक, आर्थिक समस्याहरुलाई व्यवस्थापन गर्ने चुनौतीस“गै सबै खालका पूनरसंरचनात्मक संभावना चुलिएका छन् । उ“धो लाग्दै गरेको शिक्षा जगतलाई उ“भो लगाउन यतिबेला नै बलियो जग हाल्नु सान्दर्भिक हुनेछ ।
विपन्नता र अशिक्षाको कहालीलाग्दो अ“ध्यारोमा रुम्मलिएका मुलुकका विकट ग्रामीण क्षेत्रहरुमा शिक्षाको दियो बाल्ने काम खासै चुनौतीपूर्ण भएको बेला अत्यन्त साहसिक सड्ढलप र दृढताको पृष्ठभूमिमा स्थापना भएको बिद्यालय हो – श्री बासुदेव माध्यमिक .विद्यालय, बहुअर्वा ।
समुदायका लागि निर्वाह गर्नुपर्ने दायित्वपूर्ण भूमिकालाई केही दशक अगाडि चिन्तन मनन गरेर लेखपढ गर्ने गराउने कुरामा अभिभावक र बालबालिकाको रुचि एवं संलग्नता बढाउने उच्च विचार तथा दृष्टिकोणले अघि सारेका समाजका अगुवाहरु उल्लेखनीय योगदानको अवमूल्यन गर्न मिल्दैन ।
यिनीहरुको सार्थक पहललाई विद्यालयले विर्सन मिल्दैन ।अर्थात, विद्यालयले ६४ वर्ष भन्दा लामो आयु पुरा गरेको छ । ६ दशक भन्दा बढिको यो अवधि छोटो होइन् । विभिन्न आरोह–अवरोह पार गर्दै कुनै पनि विद्यालयले यतिका दिन काट्नु चानचुने कुरा होइन । समयको यिनै यर्थाथलाई ह्दयड्डगम गर्दै विद्यालयस“ग जोडिएका तीतामीठा क्षण्हरुलाई कालजयी दस्तावेज बनाउने जमर्कोको प्रतिफल हो यो लेख ।
६ दशक भन्दा बढीको कालखण्डको ऐतिहासिक घटनाक्रम र विकासक्रम तथा प्रगतिका वाधा अवरोध,फेरी पनि समाजका अगुआ तथा समुदायका सम्पूर्ण पक्षको उल्लेखनीय कार्यको साक्षी हुनेछ यो लेख । यिनै र यस्तै दस्तावेज यसमा समेटिएको छ । मलाई लाग्छ – यसले विद्यालयका हा“सो र पीडा, सुख र दुःख अनि सङ्घर्ष र उपलब्धिका स्वरलाई पर्गेलने छ । यसलाई पूर्णता दिनका लागि यहाँहरुको अमूल्य सहयोग, सल्लाहका खाँचो महसुस गरेको छु । यहाँहरुको सकारात्मक तथा रचनात्मक प्रतिक्रिया सादर निवेदित छ ।