धनुषामा कोरोना पुष्टि भएका १८ जना लक्ष्मिनिया क्वारेन्टाइनका, अरु कहाँका हुन् ?
टुडेपाटी
जनकपुरधाम, जेठ १५ गते ।
धनुषामा बिहीवार विहान कोरोना पुष्टि भएका २९ जनामध्ये लक्ष्मिनिया गाउँपालिकाकै क्वारेन्टाइन्का १८ जना रहेको खुलेको छ । सो क्वारेन्टाइनमा रहेका १८ जनामध्ये एक दुइ जना बालबालिका समेत रहेको बताइएको छ ।
४ वर्षीया बालिका, ८ वर्षीय बालक सहित, वर्ष २७, ५०, ४०, २०, २९, २२, १८, ४०, २०, ४८, १८, ५७, ४२ का पुरुष, २९ र १४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । वर्ष ३१ र ७० का स्वास्थ्थ कार्यालयका कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ ।
यस्तै धनुषाको जनकनन्दीनी गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
यस्तै धनुषाकै क्वारेन्टाइनमा रहेका ८ जना, जनकपुरको आइसोलेशनमा रहेका २ जना र धनुषाको जनकनन्दनी गाउँपालिकाका १ जना गरि २९ जना संक्रमित पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
संक्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
निर्देशनालयका बरिस्ठ अधिकृत झाका अनुसार बिहीबार बिहान संक्रण पुष्ण पुष्टि भएका प्रदेश २ का ७६ जना मध्ये धनुषाका ३ जना र महोत्तरीका २ जना गरि पाँचजना महिला मात्र रहेका छन् । ७१ जना भने पुरुष छन् । संक्रमित भेटिएका अधिकांश व्यक्ति भारतबाट आएको जनाएको छ ।
Sponsored