थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९० पुग्यो
टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।
कर्णालीमा कोरोना भाइरसको संत्रमण ८ जनामा थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।
बिहीबार सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।
यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेो छ ।
दैलेखमा भेटिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ । हालसम्म बिहीबार मात्रै ८८ जना संक्रमित देखिएका छन् ।
Sponsored