TodayPati

‘सरकारले अनुमति दिए १ सय शैय्याको कोरोना विशेष अस्पताल बनाउँछु’

टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।

सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरका संचालक बिजय झाले प्रदेश सरकारले अनुमति दिए आफु कोराना उपचारका लागि कोभिड अस्पताल बनाउन तैयार रहेको बताएका छन् ।

सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरका संचालक बिजय झाले प्रदेश २ का दक्षिण सिमाना भारतसंग जोडिएकोले प्रदेश २ मा कोराना महमारीको उच्च जोखिम रहेको भन्दै महामारीको चपेटमा परेकाहरुको उपचारको निमित्त प्रदेश सरकारले अनुमति दिए आफु १०० शैय्याको कोभिड १९ कोराना विषेश अस्पताल बनाउन तैयार रहेको बताएका हुन् ।

Sponsored

झाले भने, ‘प्रदेश २मा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै छ तर प्रदेशमा भने कोराना विशेष अस्पतालको अभाव छ । त्यसका निमित्त समयमै सचेत नभए स्थिती भयावः हुन सक्छ त्यसैले प्रदेश सरकारले अनुमति दिए आफु कोभिड विशेष अस्पताल बनाउन तैयार छौ ।’

प्रदेश २ मा हालसम्म सप्तरीमा दुई, सिरहामा एक, धनुषामा आठ, महोत्तरीमा चार, सर्लाहीमा ३३, रौतहटमा २२, बारामा १२, तीन भारतीयसहित पर्सामा ९० गरी प्रदेश भरीमा सङ्क्रमितको सङ्ख्या १७२ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *