TodayPati

प्रदेश २ मा थप ६ जना सहित १९ जनामा कोरोना पुष्टि

टुडेपाटी-

जनकपुरधाम, जेठ ११ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

Sponsored

आइतबार दिउँसो मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा मोरङका एकजना ,बाराका एकजना, पर्साका तीनजना, रौटहटका एकजना, सर्लाहीका एकजना, रुपन्देहीका तीनजना र काठमाडौंका एकजनामा संक्रमण देखिएको बताएका छन् ।

त्यसैगरी नुवाकोटका एकजना, रुपन्देहीका तीनजना, कपिलवस्तुका तीनजना र गुल्मीका एकजनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ जसमा आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।

Sponsored

यससँगै देशभर संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *