प्रदेश २ का कार्यालयहरुमा तालाबन्दी गर्ने निर्माण व्यवसायीको चेतावनी
टुडेपाटी-
जनकपुरधाम,माघ २६ गते ।
प्रदेश नम्बर २ निर्माण व्यवसायी महासंघले नेपाल सरकार तथा प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।
नेपाल सरकार तथा प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुबाट बोलपत्र गरि कबोल गरेका निर्माण व्यवसायीहरुले काम गरि बील बनाईसक्दा समेत बील बमोजिमको भुक्तानी पटक पटक ताकेदा गर्दा पनि भुक्तानी नपाएको उनीहरुको दुःखेसो छ ।
सडक डिभिजन कार्यालय तथा सिचाईं डिभिजन कार्यालय लगायतका सम्बन्धित कार्यालयहरुले बील बमोजिमको रकम ७ दिन भित्र भुक्तानी नगरे सो कार्यालयहरुमा तालाबन्दी गर्ने प्रदेश नम्बर २ निर्माण व्यवसायी महासंघका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले चेतावनी दिएका हुन् ।