TodayPati

सरकारी अस्पताल गौरबाट बिरामी निजीमा रेफर, लापरबाहीले युवकको मृत्यु

टुडेपाटी
जनकपुरधाम, फागुन १२ गते ।

प्रादेशिक अस्पताल गौरबाट निजी अस्पतालमा रेफर गरिएका एक युवकको ज्यान गएको छ। गौर नगरपालिका–३ निवासी १८ वर्षीय लालु अधिकारीलाई पेट दुखाइ भएपछि शनिबार बिहान उनका आफन्तले उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगेका थिए।

अस्पतालमा प्रारम्भिक परीक्षणपछि मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको र यहाँ आवश्यक चिकित्सा सुविधा अभाव भएको भन्दै उनले डा. पंकज साहसँग सम्पर्क गर्न सुझाव दिएका थिए।

डा. पंकज साहले लालुलाई गौर सेन्टर हस्पिटलमा पठाएका थिए । त्याहाँ अप्रेसन गरेपछि केहीबेरमै बिरामीको अवस्था गम्भीर बनेको थियो ।

मृतकका काका देवेन्द्र अधिकारीका अनुसार  परिस्थिति बिग्रँदै गएपछि प्रादेशिक अस्पतालका डा. ठाकुरलाई देखाउँदा उनले अक्सिजनसहित एम्बुलेन्समार्फत वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजान सुझाव दिए। शनिबार राति करिब ११ बजे नेशनल मेडिकल कलेज पुग्दा चिकित्सकहरूले लालुलाई मृत घोषित गरे।

उपचारमा लापरबाही हुँदा मृत्युु भएको परिवारजनको दाबी छ । उपचारमा संलग्न डा. फिरोज अन्जुम, डा. पंकज साहलगायतको टोली सम्पर्कविहीन रहेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषी चिकित्सकमाथि कारबाहीको माग गरेका छन्।

यस विषयमा प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले बिरामीलाई आन्द्राको अप्रेसनका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाउनुपर्नेमा निजी अस्पतालमा कसरी र किन पठाइयो भन्ने अनुसन्धान गर्नु पर्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *