TodayPati

सर्लाहीबाट स्रोत नखुलेको साढे ७ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

टुडेपाटी

जनकपुरधाम, फागुन १३ गते ।

सर्लाहीबाट स्रोत नखुलेको साढे ७ लाख रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार सितामाढी ग्राम पञ्चायत बिसनपुर १५ बस्ने २२ वर्षीय चन्दन कुमार महतो छन् ।

सोमबार दिउँसो सर्लाहीको मलंगवा नगरपालिका ८ नजितक भारतबाट नेपाल तर्फ आउदै गरेको बी.आर.३० एबी ९१८३ नम्बरको भारतीय मोटरसाईकलमा चेकजाँच गर्दा चालक महतोको पाइन्टमा राखेको स्रोत नखुलेको रकम बरामद गरेको सर्लाही प्रहरीले जनाएको छ ।

उनको साथबाट ७ लाख ५८ हजार ३१० रुपैयाँ बरामद गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए । महतोलाई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *