TodayPati

महोत्तरीमा ६ क्विन्टल गाँजासहित ट्रक चालक पक्राउ

टुडेपाटी
जनकपुरधाम, माघ २५ गते ।

महोत्तरी प्रहरीले ६ क्विन्टल लागू औषध गाँजासहित एक ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

भंगाहा नगरपालिका–६, मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानका अनुसार, ट्रकको हुडमा कालो प्लास्टिकले बेरिएको ४० वटा रातो प्लास्टिकका पोका फेला परेको हो । जसमा ६०४ किलो गाँजा रहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।

ट्रकका चालक उदयपुरको कटारी नगरपालिका –१ का गणेश बहादुर बिश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *