TodayPati

कान्तिपुरका पत्रकार संतोष सिंहको गाडीमा तोडफोड

टुडेपाटी

जनकपुरधाम, माघ २४ गते ।

कान्तिपुरका पत्रकार संतोष सिंहको गाडीमा तोडफोड भएको छ ।

गएराति महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित आफ्नै घरको आगनमा पार्किङ गरी राखेको अवस्थामा उनको प्रदेश ३-०१-०२३च ०२०३ नम्बरको गाडीमा तोडफोड भएको हो । तोडफोडबाट गाडीको अगाडी भागको सिसा फुटेको छ ।

गाडी पार्किङ गरिएको ठाँउमा लगाइएको विद्युतिय बल खोलेर अध्यारो बनाई गाडीमा तोडफोड गरेको पत्रकार सिंहले बताएका छन् । ‘अगाडीको सिसा काम नलाग्ने भएको छ । घटनाकाे विषयमा प्रहरीलाई जानकारी गराइसकेको छु । केहीमाथि आशंका गर्ने आधारहरु छन्,’ पत्रकार सिंहले भने ‘जाहेरी हाल्ने तयारीमा छु ।’

इलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले घटनाको विषयमा जानकारी प्राप्त भएको बताए । ‘अहिले जाहेरी आइसकेको छैन । हामीले आफ्नो पाटोबाट अनुसन्धान अगाडी बढाएका छौं, प्रहरी निरीक्षक भण्डारीले भने ‘घटनामा संलग्नलाइ कारबाही हुन्छ ।’

पछिल्लो समय सामाचार लेखेकै निहुँमा पत्रकार सिंह गलत मानसिकताले ग्रसित तत्वको निसानामा पर्दै आएका छन् । उनले चोरी, तस्करी, भ्रष्टाचारलगायतका बेतिथि विरूद्ध खरो रूपमा कलम चलाउँदै आएका छन्

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *