TodayPati

सप्तरीका लकडाउन प्रभावित विपन्न परिवारलाई राहत वितरण

शुभ नारायण यादव-
सप्तरी, जेठ ८ गते ।

झण्डै दुई महिनादेखि भएको लकडाउन प्रभावित गरिब,निमुखा तथा अति विपन्न परिवार बिचल्लीमा परेको बेला राहत वितरण भएपछि खुशि ब्यक्त गरेका छन् ।

सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न।५ लोखरमका गरिब ,विपन्न ५९ परिवारलाई प्रदेश सरकारले पठाएको राहत वितरण गरेको हो ।

वडाध्यक्ष शिबशङकर पण्डितले विगत लामो समयदेखिको लकडाउनका कारणले दिनभरि मेहनत मजदुरि गरि गुजारा गनेृ गरिब ,िनमुखा तथा विपन्न परिवारलाई राहत वितरण गरेको जानकारी दिनुभयो । राहत पाएपछि स्थानिय सवृसाधारणहरुले खुशि ब्यक्त गर्दै विगत लामो समयको लकडाउनका कारणले आफु गरिब, निमुखा तथा विपन्न परिवारलाई समस्या झेल्नुपरिरहेको अवस्थामा वडाअध्यक्षले राहत वितरण गरेपछि आफुहरु खुशि भएको स्थानीयको भनाइ छ ।

Sponsored

यसअघि पनि त्यहाका गरिब ,निमुखा तथा विपन्न परिवारलाई राहत स्वरुप चामल ,दाल ,नुन ,खाने तेल ,साबुन लगायतका सामग्रीहरु वितरण गरिसकेको वडाअध्यक्ष पण्डितले बताउनुभयो । स्मरण रहोस सप्तरीको छिन्नमस्ता गाउंँपालिकाले अहिलेसम्म गाउंँपालिका तथा वडा कार्यालयबाट साबुन र मास्क बाहेक अन्य कुनै राहतका सामग्रीहरु वितरण नगरेको आरोप स्थानीयवासीको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *