लकडाउनका कारण बर सावित्री पर्व घरभित्रै मनाउन धनुषा प्रहरीको अनुरोध
टुडेपाटी-
जनकपुरधाम, जेठ ८ गते ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै २ महिनादेखि देश लकडाउन भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न शुक्रबार वर सावित्री पर्व हुने भएकाले पर्व मनाउने महिलाहरुलाई लकडाउन पालन गरी घरभित्रै पर्व मनाउन जिल्ला प्रहरी कार्यालय धनुषाले अनुरोध गरेको हो ।
शुक्रबार हिन्दु महिलाहरुले मनाउने वर साबित्री पर्व सार्वजनिक स्थानहरुमा नमनाई आ-आफ्नो घर भित्र मनाई सक्रिय सहयोग एवं समन्व्यका लागि अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यसैगरी वर साबित्री पर्वका श्रद्धालु तथा भक्तजनहरुमा पर्न गएको पिडाप्रती जिल्ला प्रहरी कार्यालय धनुषा क्षमाप्रार्थी छ ।